Tuesday, March 9, 2021

संसद बिघटन बिरुद्धको संबैधानिक ईजलासमा आजको बहस सुरु

प्रकाशित मिति: 2021/01/19

माघ ६, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन । यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए । एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न निर्देशन दिएका छन ।

 

तपाईंको बिचार