Tuesday, March 9, 2021

अर्थतन्त्रमा ३ खर्बको क्षति, पहिलेकै अवस्थामा पु¥याउन ६ खर्ब चाहिने

प्रकाशित मिति: 2021/01/19

माघ ६, काठमाण्डौँ । कोरोना भाइरस महामारीका कारण नेपालको अर्थतन्त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण वार्षिक उत्पादनको वृद्धिदरमा १ खर्ब ६६ अर्बको क्षति पुगेको छ । समग्र क्षतिले गर्दा गएको वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित भएको छ । केन्द्रीय तथ्यांक विभागले गएको वर्षको वृद्धिदर २.२७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको थियो। आयोगको अध्ययनले भने वृद्धिदर घट्ने अनुमान गरेको छ । महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ। यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउनका लागि विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ । आयोगले संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्वन  र आत्मनिर्भरता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने ठहर गरेको छ । यो सबैका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी खर्च गर्दा कूल ६ खर्ब ६५ अर्ब लगानी आवश्यक हुने आयोगको अनुमान छ । रोजगारीलाई पहिलेकै अवस्थामा पु¥याउनका लागि ९२ अर्ब, संक्रमण नियन्त्रण तथा राहतका लागि २ खर्ब ६९ अर्ब, आयोजना निरन्तरताका लागि १ खर्ब १४ अर्ब, नयाँ प्रणाली विकासका लागि १ खर्ब १९ अर्ब र आत्मनिर्भरता अभिवृद्धिका लागि ७३ अर्ब लगानी आवश्यक हुने छ ।

तपाईंको बिचार