Tuesday, March 9, 2021

प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न सर्वोच्चमा निवेदन

प्रकाशित मिति: 2021/01/24

माघ ११, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्री लगायतले आइतबार संवैधानिक इजलासमा निवेदन दिएको उनीहरूका वकिल गोविन्द बन्दीले जानकारी दिए । 

’सरकारका कुनै पनि निर्णय राजपत्रमा प्रकाशित नभएसम्म  वैधानिक मानिदैन । संसद विघटनको निर्णय पनि अस्तिसम्म राजपत्रमा छापिएको थिएन । त्यसैले यसको वैधानिकता र आधिकारिकतामा प्रश्न उठाउँदै उहाँहरूले निवदेन दिनुभएको छ,’ बन्दीले भने ।   

सरकारले सर्वोच्च अदालतमा कुरा उठेपछिमात्र शुक्रबार प्रतिनिधि सभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पठाएको थियो । उक्त राजपत्रमा प्रकाशित मिति पुस ५ गते नै राखिएको छ ।  तर वेबसाइटमा भने शुक्रबारमात्रै अपलोड गरिएको छ ।
राजपत्रमा के भएको थियो?

सरकारले प्रतिनिधिसभा विघटनको सूचना छाप्दा राजपत्रमा किर्ते गरेको पाइएको छ । प्रतिनिधिसभा विघटन पुस ५ गते भएको थियो। तर, त्यो सूचना भने माघ ८ गते बिहीबारमात्र राजपत्रमा प्रकाशित भएको पाइएको हो । मुद्रण विभागका अधिकारीले शुक्रबारमात्र उक्त सूचना प्रकाशित भएको राजपत्र वेबसाइटमा अपलोड गरेका छन ।
 

तपाईंको बिचार