Thursday, March 4, 2021

नुवाकोट तारकेश्वरका आमा समुह तथा बिद्यालयहरुलाई बिभिन्न सहयोग प्रदान

प्रकाशित मिति: 2021/01/25

माघ १२, नुवाकोट । नुवाकोट तारकेश्वरमा विध्यालय तथा आमा समुहहरूलाइ इलेक्ट्रोनिक सामग्री,फर्नीचर तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीको प्रमुख आथित्यता तथा बोधिसत्व विहारका कार्यक्रम संयोजक  एवं समाजसेवी शान्त शर्माको बिशेष आथित्यतामा सम्पन्न कार्यक्रममा उक्त सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

यसका साथै तारकेश्वर वडा  नं ३ तेर्सेपानीमा रहेको  हस्तिकेशर प्राथमिक विद्यालयका  शिक्षक तथा शिक्षिकाको पारिश्रमिकका लागि २ लाख ९४ हजार रुपैयाँ, १ थान फोटोकपी÷प्रिन्टीङ्ग मेसिन, १ थान एलसिडि कम्प्युटर सहित १ अफिस टेबुल, १ अफिस कुर्सी र दराज प्रदान गरिएको छ । यस्तै वडा नं ३ मै अवस्थित शिव पार्वती मन्दिरलाई ३० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।
सोही टोलीद्वारा तारकेश्वरकै वडा नं ४ भञ्ज्याङखर्कमा रहेको २ आमा समूहलाई पनि विभिन्न सामाग्री प्रदान गरिएको छ । भञ्ज्याङखर्क आमा समूहलाई १ थान टेबुल, १ थान अफिस कुर्सी, १ थान दराज , १५ वटा कुर्सी प्रदान गरिएको छ । सोही वडाको मिलीजुली आमा समूहलाई पनि १ थान टेबुल, १ थान अफिस कुर्सी र १५ वटा अन्य कुर्सी प्रदान गरिएको छ ।  
सहयोग कार्यक्रममा बोल्दै गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी अबिरलले शिक्षा, स्वास्थ्य, कला, संस्कृति र धर्मको संरक्षण गर्दै महिलाहरुलाई स्वरोजगार र सबल बनाउने आफ्नो  मुख्य ध्येय रहेको र यो अभियान आगामी दिनमा पनि जारी रहने बताए । बिहारका कार्यक्रम संयोजक शान्त शर्माले तारकेश्वरको सपनालाई साकार पार्न अधिकारीको योजनामा साथमा साथ दिदै अघि बढ्ने बताए ।  

तपाईंको बिचार