Thursday, March 4, 2021

मोबाइल चोरीको आरोपमा हत्या, पशुपतिमा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद

प्रकाशित मिति: 2021/01/25

माघ १२, काठमाण्डौ । कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा छन । रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
चार दिनअघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गर्ने अभियोगमा कुटपिट गरेकी थिइन । सोही कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन । उनको शनिबार नै मृत्यु भएको थियो । यो घटनापछि रबि र अनुले उनको शव अन्त्येष्टि गर्न खोजे । आइतबार मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सुरूमा रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए । तर, त्यो कुरा सम्भव नभएपछि उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए । जलाएको शवको केही भाग मात्र फेला पारिएको बस्नेतले जानकारी दिए । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पक्राउ परेका दुबैलाई सोमबार कर्तव्य ज्यान मुद्दामा अदालतबाट अनुमति लिई हिरासतमा लिएर अनुसन्धान थालिएको बस्नेतले बताए ।

तपाईंको बिचार