Tuesday, March 9, 2021

नुवाकोट तारकेश्वरको तिन छुट्टाछुट्टै स्थानमा भवन शिलन्यास र निर्माण कार्य सुरु

प्रकाशित मिति: 2021/01/27

माघ १४, नुवाकोट । नुवाकोट तारकेश्वरको भमरामा महिला भवनको शिलान्यास संगै निर्माण आरम्भ थालनी गरिएको छ ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी अबिरलको संयोजन तथा पहल र बोधिसत्व बिहारका कार्यक्रम संयोजक समाजसेवी शान्त शर्मा नेतृत्वको टोलीद्वारा हिजो नुवाकोट तारकेश्वर ६ भमरामा महिला सामुदायिक भवनको शिलान्यास गरी निर्माण आरम्भ गरेको हो । यसअघि स्थानिय समाजसेवी शिव अधिकारी अबिरल, बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी नेतृत्वको टोलीले महिला सामुदायिक भवनको सम्भाव्यता अध्ययन गरी भवन निर्माण गर्ने निर्णय गरेको थियो । 
यसका साथै नुवाकोट तारकेश्वर १ दाङसिङ निवासी कान्छीमाया तामाङको दुःखी र असहाय अवस्थामा रहेको परिवारलाई लत्ताकपडाका साथै ४५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरिएको छ । 
यस्तै तारकेश्वर तारकेश्वर १, दाङसिङ सिरानटोल स्थित रातोडाँडा गुम्बाको निर्माण कार्य आरम्भ गर्न स्थानीय स्तरबाट गर्नुपर्ने प्राविधिक प्रक्रिया यथाशीघ्र पूरा गर्न आग्रह गर्दै प्रक्रिया पूरा हुनेबित्तिकै निर्माण सुरु गर्ने निर्णय गरियो । सोही टोलीले गत वर्ष पिलर मात्र ठड्याएर अलपत्र छाडिएको तारकेश्वर १, दाङसिङ सिरानटोल स्थित रातोडाँडा गुम्बाको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै तत्कालका लागि रु. २ लाख नगद सहयोग गरेको थियो ।  
यस्तै दर्शनटार स्थित भूकम्पपछि भग्नावशेष बनेको गौरेश्वर प्राविका लागि नयाँ भवनको शिलान्यास गरी निर्माण आरम्भ गरिएको छ । यसअघि बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङशी, कार्यक्रम संयोजक शान्त शर्मा र समाजसेवी शिव अधिकारी अविरल सम्मिलित टोलीले विद्यालयको स्थलगत निरीक्षण गरी भौतिक पूर्वाधार निर्माण सहित विद्यालयको पठन पाठन सहज रूपमा सुचारु गर्न आवश्यक सबैखाले सहयोग गर्ने निर्णय गरेको थियो ।

तपाईंको बिचार