Tuesday, March 9, 2021

सुनको मूल्य तोलामा ११ सयले बढ्यो

प्रकाशित मिति: 2021/02/23

११, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो । यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

तपाईंको बिचार