Tuesday, March 9, 2021

भिटोफ नेपालको निर्वाचन चैत्र २० गते, अध्यक्षका चार आकांक्षी मैदानमा

प्रकाशित मिति: 2021/02/23

फागुन ११, काठमाण्डौ । गाउँ पर्यटन पवद्र्धन मञ्च(भिटोफ) नेपालको २४ औँ साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते राजधानीमा हुने भएको छ ।

दुई बर्षे कार्यकाल रहने भिटोफमा आगामी नेतृत्वका लागि बर्तमान भिटोफ नेपालका प्रथम उपाध्यक्ष दिपक दाहाल, पूर्वमहासचिव राजकुमार थापा, बर्तमान महासचिव जस्फा पाण्डे, बर्तमान कोषाध्यक्ष राजकुमार धमलाको नाम चर्चामा छ ।
आगामी चैत्र ११ गतेसम्म सदस्यता नविकरणको मिति तय गरिएको भिटोफ नेपालका अध्यक्ष धु्रब सिंखडाले जानकारी दिए ।
भिटोफ नेपालले पर्यटन संभावना बोकेका मुलुकका बिभिन्न बिकट क्षेत्रहरुलाई उजागर गरी आन्तरीक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।

तपाईंको बिचार