Thursday, April 22, 2021

वार्ताको परिणाम सुखद आउनेछ : गृहमन्त्री थापा

प्रकाशित मिति: 2021/03/03

१९ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् ।

वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

तपाईंको बिचार