Thursday, April 22, 2021

एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्छ : जनमोर्चा

प्रकाशित मिति: 2021/03/08

२४ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने जनमोर्चाको मत छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक (एमाले र माओवादी केन्द्र) मिलेर सरकार गठन गर्नु उपयुक्त हुने जनाएका छन् । संसदको विघटन, नेकपाभित्रको अन्तरविरोध वा कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको भन्दै केसीले अहिले पनि ओली नै बढी जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने भन्दै केसीले राष्ट्रिय एकताको खाँचोसमेत औंल्याएका छन् ।

तपाईंको बिचार