Thursday, April 22, 2021

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति: 2021/03/08

२३ फागुन, काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू–भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली छ । देशका बाँकी भू–भागहरूमा आंशिक बदली छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरु तथा वागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुन अवधिमा अपराह्नपछि बादल लाग्ने, चट्याङ् पर्ने र पानी पर्ने गर्दछ । मार्च, मे र जुन महिनालाई प्रिमनसुनको समय अवधि मानिन्छ ।

तपाईंको बिचार