Thursday, April 22, 2021

सर्बोच्चले मागै नभएको बिषयमा फैसला गर्यो : माधव नेपाल

प्रकाशित मिति: 2021/03/08

२४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए । अदालतको फैसलापछि केपी ओली प्रधानमन्त्रीबाट हट्नुको विकल्प नरहेको पनि अध्यक्ष नेपालको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलाले पहिलो कुरा त प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न ग¥यो , उहाँ कुन पार्टीको ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री होइन भने त्यस्तो अवस्थामा उहाँले विश्वासको मत लिनुप¥यो र नयाँ सरकार बनाउने बाटो तय गर्नलाई छोड्नु प¥यो’, नेपालले भने ।

 

तपाईंको बिचार