Thursday, April 22, 2021

चैत्र २८ गते नयाँबर्ष शुभकामना कार्यक्रममा नुवाकोटबासीलाई सहभागिताका लागि आग्रह

प्रकाशित मिति: 2021/04/07

चैत्र २५,काठमाण्डौ । नयाँबर्षको पूर्वसन्ध्यामा यही चैत्र २८ गते शनिबार नयाँबर्ष शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना हुने भएको छ । नुवाकोटबासीलाई एकताबद्ध गराएर भाईचाराको सम्बन्ध अभिबृद्धि गर्ने र आपसी सम्बन्धलाई मजबुत बनाउने उदेश्यस्वरुप चियापानको आयोजना गरिएको बताईएको छ ।

यसैबिच सोही कार्यक्रममा नुवकोटको बिकास र सामजिक रुपान्तरणका क्षेत्रमा काम गर्ने उदेश्यले ‘एन्जीलिला शिवशक्ति ट्रष्ट’को शुभारम्भ हुने भएको छ ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा नुवाकोटका स्थानिय समाजसेवी शिव अधिकारी अबिरलको नेतृत्वमा स्थापना हुने उक्त ट्रष्टको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले गर्नेछन ।
काठमाण्डौको माछापोखरीस्थीत नागार्जुन पार्टी प्यालेसमा बिशाल जनसहभागिताका बिच ट्रष्ट उद्घाटन कार्यक्रममा बिशेष अथितिका रुपमा नेपाली कांग्रेस नुवाकोटका सांसद बहादुर सिंह लामा तामाङ, नुवाकोट घर भई हाल बिभिन्न पेशा व्यवसायका क्रममा काठमाण्डौमा रहेका स्थानियहरु, बुद्धिजिबी, नागरिक समाज तथा सम्पूर्ण नुवाकोट बासीहरुलाई उपस्थीतिका लागि अनुरोध समेत गरिएको छ ।
एन्जीलिला शिवशक्ति ट्रष्ट के हो ?
नुवाकोटको स्थानिय क्षेत्र र जनताको जनजिबिकाको क्षेत्रमा रुपान्तरण ल्याउने उदेश्यले ट्रष्टको शुभारम्भ गर्न लागिएको हो । नुवाकोटकै स्थानिय समाजसेवी शिव अधिकारी अबिरल ट्रष्टका अध्यक्ष हुन भने एन्जीलिला अर्याल शर्मा ट्रष्टको प्रबन्ध निर्देशकका रुपमा रहेकी छन ।
यसअघि तारकेश्वर लगायतको स्थानिय बिकासमा शिव अधिकारी अबिरल नेतृत्वको टोलीले बिकास निर्माण र स्थानिय जनजिबिकाका क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउँदै आएकोमा अब ट्रष्टका माध्यमबाट एकढिक्का भएर लागिपर्ने अध्यक्ष अधिकारीले बताए ।
ट्रष्ट बिशुद्ध सामाजिक संस्था भएको र बिनापूर्वाग्रह भाईचाराको आपसी सम्बन्धलाई मजबुत पार्दै आगामी दिनमा सशक्त ढंगले क्रियाशिल हुने योजना अनुसार चैत्र २८ गते शनिबार बिशाल उद्घाटन समारोह काठमाण्डौको माछापोखरीमा आयोजना गरिएको उनले बताए । तारकेश्वरको बिकास र समग्र नुवाकोटबासीको जिबनमा परिवर्तन महशुस गर्ने गरी आफुहरुले योजना तयार गरिसकेको अध्यक्ष अधिकारीको भनाई छ । एक अर्को प्रशंगमा अध्यक्ष अधिकारीले यो सम्पूर्ण नुवाकोट बासीहरुको शुभकामना कार्यक्रमका रुपमा बुझिदिनुहुन आग्रह गर्दै यसको संयोजन मात्र आफुले गरेको बताएका छन । कार्यक्रम माछापोखरीस्थीत नागार्जुन पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने बताईएको छ ।

 

तपाईंको बिचार