Thursday, April 22, 2021

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

प्रकाशित मिति: 2021/04/07

चैत्र २५, काठमाण्डौ । लोक सेवा आयोगले बुधबार राजपत्र अनंकित द्वितीय श्रेणीमा  प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ । आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो । आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो । योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन । 

 

तपाईंको बिचार