Wednesday, December 1, 2021

रोजगारीबारे यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ : गगन थापा

प्रकाशित मिति: 2021/04/12

चैत्र ३०, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका छन । वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाउने उनले बताए । दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनले बताए । भाषा परीक्षा उत्तिर्ण गरेकाहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए ।

 

तपाईंको बिचार