Wednesday, December 1, 2021

अविश्वास प्रश्ताब छल्न गण्डकी प्रदेशमा संसद अधिवेशन अन्त्य

प्रकाशित मिति: 2021/04/15

बैशाख २, पोखरा । गण्डकी प्रदेश सरकारले एकाएक संसदको विधान अधिवेशन अन्त्य गरिदिएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको विपक्षी दलहरूले चलिरहेको संसद अधिवेशन अचानक अन्त्य भएपछि विपक्षी दलहरू रूष्ट बनेका हुन्। 
सरकारले जुन आवेश देखायो, यो राजनीतिक बेइमानी भयो, अनैतिक भयो’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।
सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफलको तयारी थियो । संसद अधिवेशन अन्त्य भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्ने नेपालीले बताए । 

गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाट गुरूङलाई विस्थापन गरेर कांग्रेसका नेपालीलाई मुख्यमन्त्री बनाउन दलहरूबीच सहमति भएको थियो । माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले संसदको विशेष अधिवेशन बोलाएर भए पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए।  संविधानको धारा १८३ को उपधारा ३ मा एक चौथाई सांसदले लिखित रुपमा प्रदेश प्रमुखलाई निवेदन दिएमा अधिवेशन आव्हान गर्नुपर्ने प्रावधान छ ।

तपाईंको बिचार