Wednesday, December 1, 2021

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नूः काठमाडौं महानगर

प्रकाशित मिति: 2021/04/16

बैशाख ३, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ । शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ । कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ । साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ ।महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

तपाईंको बिचार