Wednesday, December 1, 2021

रामबहादुर थापाले आज सपथ लिदै

प्रकाशित मिति: 2021/04/18

बैशाख ५, काठमाण्डौ । रामबहादुर थापा ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने भएका हुन । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ ।

 

तपाईंको बिचार