Wednesday, December 1, 2021

बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

प्रकाशित मिति: 2021/04/18

५ वैशाख, काठमाडौं । एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ । उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ ।

 

तपाईंको बिचार