Wednesday, December 1, 2021

कोरोना नियन्त्रण गर्न विस्तृत आदेश जारी गर्दै सरकार, भिडभाड हुने क्षेत्रमा कडाइ गरिने

प्रकाशित मिति: 2021/04/19

बैशाख ६, काठमाण्डौ । सरकारले कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ । विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्ट लगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन लागिएको हो । कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताए । उनले विद्यालय बन्द गर्न नभई अनलाइनलगायतबाट पठनपाठन निरन्तर गरिने बताए । सहरी क्षेत्रका विद्यालयमा अनलाइनबाट पठनपाठन गरिने उनले बताए । साथै यातायातमा हुने भिड पनि कम गरिने उनको भनाइ छ । आदेश जारी भएदेखि आजैदेखि लागू गरिने उनले बताए । भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ ।

 

तपाईंको बिचार