Wednesday, December 1, 2021

एमालेका २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

प्रकाशित मिति: 2021/04/20

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’ पत्रमा उल्लेख गरिएको छ ।

तपाईंको बिचार