Wednesday, December 1, 2021

संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन सक्दैन : गोकर्ण विष्ट

प्रकाशित मिति: 2021/04/20

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग गरिदिएपछि एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने विष्टले बताएका छन् । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ’ उनले भनेका छन्, ‘एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ ।’

 

तपाईंको बिचार