Wednesday, December 1, 2021

आठ दिनमा एक अर्ब २६ करोड रुपैयाँको सुन खरिद बिक्री

प्रकाशित मिति: 2021/04/21

८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो लकडाउन अघिको मुख्य सिजनकै बराबरी भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । बजारमा दैनिक ३५ देखि ४० किलोसम्म सुनको माग भइरहे पनि २० किलो बिक्री रहेको उनको भनाइ छ । वैशाख लागेपछिको पहिलो ८ दिनमा सरदर एक अर्ब २६ करोड १९ लाख ४४ हाजार रुपैयाँ बराबरको सुनको कारोबार भएको उनले बताए ।   सरकारले कोटा वृद्धि गरेर सुनको आयात पुरानै अवस्थामा पु¥याए पनि बजारको माग भने धान्न कठिन भएको महासचिव बज्राचार्यको भनाइ छ । सुन अभावका कारण ग्राहकले माग गरेको समयमा तयारी सुन उपलब्ध गराउन व्यवसायीलाई कठिन भएको महासंघले जनाएको छ ।

 

तपाईंको बिचार