Wednesday, December 1, 2021

बोधिसत्व बिहारद्धारा अशक्त व्यक्तिहरुलाई २७ थान ह्वीलचियर सहित स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति: 2021/04/23

बैशाख १०, काठमाण्डौ । बोधिसत्व बिहारले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी २७ थान ह्वीलचियर र २ थान बैशाखी बितरण गरेको छ ।
२४० थान ह्वीलचियर र २०० थान बैशाखी लगायतका अपांगता व्यक्तिहरुलाई प्रयोग हुने सामाग्रीहरु बितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा ति सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
भृकुटीमण्डपस्थीत राष्ट्रिय अपांग कोषमार्फत अशक्त व्यक्तिहरुलाई ह्वीलचियर र बैशाखी बितरण गरिएको बोधिसत्व बिहारका कार्यक्रम संयोजक शान्त शर्माले जानकारी दिनुभयो ।
बिहारका सुप्रिम मास्टर हेगुवाङ सीको हातबाट बितरण गरिएको उक्त ह्वीलचियर नियमित सहयोगको कार्यक्रम अन्र्तगत रहेको संयोजक शर्माले जानकारी दिए ।
कार्यक्रममा बोधिसत्व बिहारका सुप्रिम मास्टर हेगुवाङ सीले यस्ता सहयोगहरु अशक्त असहायहरुलाई गर्न पाउँदा आफु खुसी भएको र यस्तो कार्यहरु भगवान बुद्धको मार्गनिर्देश रहेको बताउँदै दिनदुखी र असक्तहरुलाई गरिने सहयोग आगामी दिनमा पनि जारी रहने बताए ।
भृकुटीमण्डप राष्ट्रिय अपांग कोषको प्रांगणमा भएको कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्वहरु, राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोजका अध्यक्ष शिव अधिकारी अबिरलको पनि उपस्थीति रहेको थियो ।

 

तपाईंको बिचार