Wednesday, December 1, 2021

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

प्रकाशित मिति: 2021/04/27

बैशाख १४, काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो । कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए ।

 

तपाईंको बिचार