Friday, June 25, 2021

राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य एकैदिन १७५० रुपैयाँले बढ्यो

प्रकाशित मिति: 2021/05/10

२७ वैशाख, काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय ४१ रुपैयाँले बढ्दा संस्थापक समूहतर्फको सेयर मूल्य प्रति कित्ता १६ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ । लामो समयदेखि साधारण सभा तथा लेखापरीक्षण समेत यस कम्पनीले गराउन सकेको छैन । लामो समयदेखि रोकिएको आकर्षक लाभांश दिने आशले यस कम्पनीको सेयर मूल्यमा आकर्षण देखिएको जानकारहरु बताउँछन । राष्ट्रिय बिमा कम्पनी पछि धेरै सेयर मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु हाइड्रोपावर देखिएको छ । यी दुबै कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

तपाईंको बिचार