Friday, June 25, 2021

नेपालको पहिलो अनलाइन मार्फत होटल बुक गर्ने एप ‘अतिथि घर’

प्रकाशित मिति: 2021/05/21

काठमाडौं २० जेठ ।   तपाई भ्रमणका लागि कतै जाने योजनामा हुनुहुन्छ ? भ्रमणमा जादा कहाँ र कस्तो होटलमा बस्ने भन्ने चिन्ता लागेको छ ? छ भने अब यो विषयमा चिन्ता लिनुपर्ने अवस्था छैन् । अब विश्वका जुनसुकै कुनामा बसेर नेपालका जुनसुकै क्षेत्रमा आफुले चाहेको जस्तो होटलमा कोठा सजिलै बुक गर्न सक्नुहुन्छ नेपालमै बनेको पहिलो होटल बुकिङ एप ‘अतिथि घर’ बाट ।

यो एप  atithighar.com  एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ। यती टेक कम्पनीले निर्माण गरेको यो एप एवम् सूचना प्रविधि एवम्,पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविट शेर्पा, अजय खड्का र सुजन सुवेदीको समुह मिलेर सञ्चालनमा ल्याएको हो।

अहिले एपमा एक सय भन्दा बढी होटल छन्। नेपाल भरकै होटल एपमा लिस्टिङ गर्ने कम्पनीका निर्देशक विश्व पुरीले बताए । एपमा नेपालका हिमालय क्षेत्रको होटलहरु समेत समावेश गरिने बताइएको छ। अहिलेसम्म हिमालतिरका होटल एपबाट बुकिङको सुविधा छैन् ।   ‘नेपालबाट मात्र नभई संसारका जुनसुकै कुनाबाट पनि एप डाउनलोड गरि नेपालका सबै भू–भागका होटल बुक गर्न सक्ने छन् ।’ पुरीले भने । 

यो एपको प्रयोगले विश्वमाझ नेपाललाई चिनाउँने मात्र होइन विदेशी एपबाट बुकिङ गर्दा वार्षिक करोडौं रूपैयाँ बाहिरिने गरेकोमा त्यो मुद्रा नेपालमै सञ्चित समेत हुन्छ । यो एपबाट होटल बुकिङ गर्दा ग्राहकले फोन पे, इसेवा तथा जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सक्ने छन् भने आफ्नो विस्तृत विवरण पनि एप मार्फत नै भर्न सक्ने छन् । जसले गर्दा होटलमा गएर परिचय पत्र देखाउनुपर्ने वा विवरण भर्नुपर्ने समस्याबाट समेत मुक्ति मिल्ने छ ।

यस्तै यो एपमा ग्राहकलाई होटल खोज्न सहज होस् भनेर कम्पनीले नक्सा समेत आफैले निर्माण गरेको छ। जसले गर्दा गुगल म्याप प्रयोग गर्नुपर्दैन । ग्राहकले बुकिङ क्यान्सिल गर्दा शुल्क लाग्ने वा नलाग्ने, पैसा फिर्ता हुने वा नहुने लगायतका सबै जानकारी एपमै हेर्न सकिन्छ ।

अतिथि घरमा आवद्ध होटलहरुलाई कम्पनीले बुकिङ सफ्टवेयर पनि निःशूल्क उपलब्ध गराएका छन् ।

तपाईंको बिचार