Wednesday, December 1, 2021

भूमि आयोग पुनःस्थापनाको माग गर्दै कोटेश्वरमा प्रदर्शन

प्रकाशित मिति: 2021/08/08

२४ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरिएको छ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुनः स्थापना गर’ भन्दै नाराबाजी गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुनःस्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिइन् ।

 

तपाईंको बिचार