Wednesday, December 1, 2021

देउवाले अध्यादेश फिर्ता लिनुपर्छ ः योगेश भट्टराई

प्रकाशित मिति: 2021/08/17

१ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिंदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन् ।

विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु  र पुरानै गल्ती दोहो¥याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गरेका छन् । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उनको भनाइ छ ।

तपाईंको बिचार