Wednesday, December 1, 2021

माधव नेपाललाई साथ नदिएका नेतासँग छलफल भइरहेको छ– सुवास नेम्वाङ

प्रकाशित मिति: 2021/08/22

भदौ ६, काठमाण्डौ । एमाले संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङले माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेतासँग छलफल चलिरहेको बताएका छन । माधव नेपालसँग नयाँ पार्टी गठनमा सहभागि नभएका एमाले नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समय दिएका छन ।
शुक्रबारको बैठकमा अधिकांश नेताले ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपालले गठन गरेको पार्टीमा जाने अवस्था आउने चेतावनी दिएका थिए ।

 

तपाईंको बिचार