Wednesday, December 1, 2021

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

प्रकाशित मिति: 2021/08/23

७ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ । 

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले पत्रकारलाई फसाउन खोजेको आरोप लागेको छ ।
अडियो रेकर्डमा घुमुवा प्रहरी असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ 
घुमुवा टोलीका असई यादव र प्रहरी जवान मनोज शाहले भाई नाता पर्ने धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जनाएको छ । सीसी टीभी फुटेजबाट पत्रकार मोजिबुल्लाह निर्दोष देखिएको भन्दै तत्काल रिहाइ गर्न पत्रकार महासंघले माग गरेको छ ।
यसैबीच, रौतहट प्रहरीले यस विषयमा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन राखेको छ ।

तपाईंको बिचार