Wednesday, December 1, 2021

संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध

प्रकाशित मिति: 2021/09/10

२५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।
आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।

तपाईंको बिचार