Wednesday, December 1, 2021

माओबादी आउने चुनाबमा एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

प्रकाशित मिति: 2021/09/15

भदौ ३०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताएका छन । यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत उनले बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन ।
उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार बन्ने बताए । जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए । प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने बताए ।

 

तपाईंको बिचार