Wednesday, December 1, 2021

सेयर बजारमा ४० अंकको गिरावट

प्रकाशित मिति: 2021/09/15

भदौ ३०, काठमाण्डौ । बुधबार सेयर बजारमा ४० अंकको गिरावट आएको छ ।
यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ । कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ ।  यस दिन सबै समूहहरु घटेका छन । बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन् । त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन । मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो । यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घट्यो । 
कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको १७ करोडको कारोबार भयो । 

 

तपाईंको बिचार