Wednesday, December 1, 2021

माधव नेपालको पार्टी धेरै दिन टिक्दैन : बादल

प्रकाशित मिति: 2021/09/16

भदौ ३१, काठमाण्डौ । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन । नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले  एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए । बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् ।  उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । 
दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए ।  बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबीसमेत गरे । माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको थापा जिकिर गरे ।

 

तपाईंको बिचार