Wednesday, December 1, 2021

माधव नेपाल खरानी घसेर हिडेका छन, उनको पछि लागेर जिन्दगी नबिगार्नुस ः केपी ओली

प्रकाशित मिति: 2021/09/16

भदौ ३१, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । 

उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इष्र्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे ।
‘प्रचण्डको घरेलु कार्यकर्ता र उनको सेवा गर्न होइन । गाईलाई घाँस हाले दुध दिन्छ, प्रचण्डलाई जति सेवा गरेपनि के दिन्छन् ?’ ओलीको प्रश्न छ । उनले प्रचण्डले यता पनि दिन्छु उता पनि दिन्छु भन्ने गरेपनि अहिलेसम्म २ वटा मन्त्रीभन्दा दिन नसकेको टिप्पणी गरे ।   

 

तपाईंको बिचार