Wednesday, December 1, 2021

थपिए एक हजार ५५८ संक्रमित, १० को मृत्यु

प्रकाशित मिति: 2021/09/17

असोज १, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन । पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ३५१ संक्रमित निको भएका छन । संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ । यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन ।

 

तपाईंको बिचार