Wednesday, December 1, 2021

बुद्धभूमि हाइड्रोपावरको आइपिओ ११ गतेदेखि खुल्ने

प्रकाशित मिति: 2021/09/19

असोज ३, काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ । 
अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ । कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ। आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।  त्यसअघि साहस उर्जाको आइपिओ असोज ६ गतेदेखि खुल्नेछ। साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गर्ने भएको हो। यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ ।
 

तपाईंको बिचार