Wednesday, October 20, 2021

वाम–लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच छ : माधव नेपाल

प्रकाशित मिति: 2021/09/22

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी चुनावपछि पनि वाम–लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने सोच रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’ नेता नेपालले वर्तमान सरकारमा छिट्टै सहभागी हुने पनि बताए । प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले दोहो¥याए ।

तपाईंको बिचार