Wednesday, December 1, 2021

एन्टिजेन परीक्षणकै २५ सय शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

प्रकाशित मिति: 2021/09/26

१० असोज, काठमाडौं । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित एक निजी अस्पताललाई कारबाही गरिएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि ३० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

‘सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली आज अस्पताल पुगेको थियो । अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइयो । बिरामीसँग बढी पैसा लिएको पाइएपछि अस्पताललाई कारबाही गरेका हौँ, उनले भने ।
अब तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको उनले बताए ।

बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेका हौं ।

तपाईंको बिचार