Wednesday, October 20, 2021

टीटीडीसीका पूर्वअध्यक्ष थपलियालाई विद्यावारिधि उपाधि

प्रकाशित मिति: 2021/10/04

काठमाडौं, १८ असोज । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)का पूर्वअध्यक्ष रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । 

थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत “The Role of Nepali political parties in democracy Building” विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।

उनले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो । सो अवसरमा उनले पर्यवेक्षक प्रा.डा. रवीन्द्र खनाल, सह–पर्यवेक्षक प्रा. डा. गेहेन्द्रलाल मल्ल, रेक्टर प्रा.डा. शिवलाल भुसाल, डिन प्रा.डा. कुसुम शाक्य लगायत अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

तपाईंको बिचार