Wednesday, December 1, 2021

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा

प्रकाशित मिति: 2021/10/10

असोज २३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन । आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन । गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो । प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन । प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। देउवा आज पोखरा नै बस्ने कार्यक्रम छ ।

 

तपाईंको बिचार