Thursday, January 27, 2022

अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलले ल्याए ४२

प्रकाशित मिति: 2021/11/30

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन । मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगिनेछन । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन ।

 

तपाईंको बिचार