Thursday, January 27, 2022

ओलीलाई शम्भु थापाको प्रश्न : प्रधानन्यायाधीश त्यस्ता छैनन् भन्ने लागेको हो ?

प्रकाशित मिति: 2021/12/07

२१ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्दैन भन्ने निश्कर्षमा पुगेको हो भनी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेको छ । सो टोलीमा रहेका वरिष्ठ अधिवक्ता थापाले आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका हुन् । वरिष्ठ अधिवक्ता थापाले पर्याप्त आधार हुँदा पनि राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आनाकानी गरेकोमा असन्तुष्टि जनाए । उनले संविधानले राजनीतिक दलहरुलाई जनताको सार्वभौमसत्ता प्रयोग गर्ने अधिकार दिएको भन्दै उक्त अधिकार प्रयोगका लागि आग्रह गर्न आएको बताए ।

तपाईंको बिचार