Thursday, January 27, 2022

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

प्रकाशित मिति: 2022/01/14

३० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन ।

तपाईंको बिचार