Thursday, January 27, 2022

सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरमा पार्क बनाउँदै

प्रकाशित मिति: 2022/01/14

पुस ३०, काठमाण्डौ । सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ । भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको हो । भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खुला ठाउँ बनाइने सहरी विकास मन्त्री रामकुमारी झाक्रीले जानकारी दिईन । यसअघि सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा स्टेट गेस्ट हाउस बनाउने निर्णय गरेको थियो । विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने सरकारको तर्क थियो ।

लैनचौर वरपर, नयाँ बानेश्वर, मिनभवन वरपर नापी विभागलाई समेत समेटेर खुला क्षेत्र बनाउने सरकारको योजना रहेको उनले बताएकी छन । पार्क बनाउने ठाउँमा रहेका सरकारी कार्यालयलाई बबरमहलमा रहेको वन विभाग परिसरमा सारेर सरकारी कार्यालयहरूको हब बनाउने योजना रहेको उनले बताइन ।

तपाईंको बिचार