Thursday, January 27, 2022

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह

प्रकाशित मिति: 2022/01/14

३० पुस, काठमाडौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् । प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो । निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने प्रवक्ता पौडेलले बताए ।

तपाईंको बिचार