टान अध्यक्षका प्रत्यासी गणेश सिंखडाद्धारा नयाँ प्रश्ताब सार्वजनिक
साउन ३१, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा नेतृत्वका आकांक्षीहरुले आफ्ना प्रश्ताबहरु सार्बजनिक गर्ने क्रम सुरु भएको छ ।
‘द एभरेष्ट होलिडे’का सञ्चालक गणेश सिंखडाले टान नेतृत्वको लागि आफ्नो उमेद्धवारीको नयाँ प्रश्ताब सार्बजनिक गरेका छन । गन्तव्य नेपाललाई प्राप्त टान सुधारको नयाँ प्रश्ताब यस्तो छ ।
जिबनको धेरै पल राजनैतिक परिवर्तन गर्न आफुलाई आन्दोलनको बिभिन्न मोर्चामा सामेल गरे यसपटक तपाईहरुको सहयोगले ट्रेकिङ ब्यबसायको संरक्षण र पहिचान हुने गरि काम गर्ने मौका दिनुहुनेछ भन्ने बिस्वास लियको छु । पछिल्लो २७ बर्ष देखि यस पर्बतिय पर्यटनको विकास,ब्यवसाय र प्रबद्र्धनमा छु ।
मेरो उम्मेदवारी ब्यबसायी साथीभाइ बिच फुट ल्याउने गरि होईन मात्र एजेन्डाको रुपमा प्रस्तुत गरेको छु, यदी धेरै ब्यबसायी साथीभाइको सहयोग र समर्थन भए कुनै पनि तबरबाट ( सहमतिय या निर्वाचन ) नेतृत्वमा जाने प्रण गर्दछु ।
मेरो उम्मेदवारीको एजेन्डा ?
१ कार्यसमिति पुनर्संरचना गर्न
अध्यक्ष १
सह अध्यक्ष २
उपाध्यक्ष ६
महासचिव १
सचिव ६
कोषाध्यक्ष १
सहकोषाध्यक्ष १
सदस्य ७
मनोनित २
आगामी बर्षबाट सहअध्यक्ष को नेतृत्वमा प्रदेश हेर्ने गरि कार्य बिभाजन गर्ने । प्रदेश समायोजन अन्र्तगत उपाध्यक्ष सचिव र सदस्य रहनेछन । केन्द्र प्रदेश अध्यक्षको नेतृत्वमा रहनेछ ।
३५ सय मिटर माथि अनिवार्य परमिटको ब्यबस्था गर्ने जसमा तालिम प्राप्त गाइड अनिवार्य
–ट्रेकिङ ब्यबसाय सेवामुलक सस्था भयकोले यसलाई सेबा शुल्क लिने ब्यबस्था गर्ने नकि मु अ क (खबत) को ब्यबस्था हटाई बिदेशीबाट प्राप्त रकममा राजस्व र दस्तुर घटाई बाँकि रकममा मात्र अनिवार्य पर्यटन सेवा शुल्क बापत ३ प्रतिशत लिने ब्यबस्था गर्ने जसबाट ब्यबसायीलाई अनाबस्यक मुअक (खबत) र कर (तबह) बाट मुक्ती मिल्नेछ ।
–सबै पर्यटनको ट्रेकिङ इन्सुरेन्स को ब्यबस्था नेपाली इन्सुरेन्स कम्पनीसँग मिलेर गर्ने जसबाट हाल बिद्यमान बिदेशीका आर्थिक भार ब्यबसायी हरूको समस्या र हाल बिद्यमान अनाधिकृत समस्या अन्त्य हुनेछ ।
–पर्यटन बोर्ड र टान बिचको सहमति अक्षरस कार्यन्वयन गर्ने गराउने र टानको सिफारिसमा सयूक्त खाताको रकम खर्च हुने ब्यबस्था थप पारदर्शी र जबाफमुखि बनाउने
–पर्वतिय मजदुरको इन्सुरेन्स दश लाख पुर्याउने र सबै इन्सुरेन्स टानले एकमुष्ट गर्ने ब्यबस्था गर्ने जसबाट ब्यबसायी र मजदुरलाई पर्ने अनावश्यक झन्झटबाट मुक्ती मिल्नेछ ।
यि ६ कार्यमा लागि तपाई ब्यबसायी साथीभाइहरुले अनुमति दिएमा यो कार्य गर्न कुनै कसर बाँकी राख्ने छैन र एक बर्षभित्रै यसमध्ये कुनै कुरा परिवर्तन नभए तपाई सामु सवै बिषय राख्दै तपाई साथीभाइको नेतृत्वमा हिड्ने प्रण गर्दछु ।
यि कार्यन्वयन गर्न म आन्दोलन, अनसन र केही नलागेमा ब्यबसायी हक हितको लागि आत्मादह सम्मको कार्यक्रम गर्ने र जसरी पनि सरकार लाई बिस्वस्त पार्नेछु ।
– गणेश सिंखडा, द एभरेष्ट होलिडे
तपाईंको बिचार