Monday, January 18, 2021

बिशेष प्रकाशकीय : सरकार व्यावसायीको मुद्धालाई अबिलम्ब सम्बोधन गर

प्रकाशित मिति: 2020/03/16

चैत्र ३, काठमाण्डौ । छिमेकी मुलुक चिनबाट फैलिएको कोरोना भाईरस संक्रमितहरुको प्रभाव पछिल्लो केही सातायता युरोप,अमेरिका देखी दक्षिणपूर्वी एसियासम्म आईपुगेको छ ।

केही साताअघि दक्षिणी छिमेकी भारतमा समेत कोरोना संक्रमितको मृत्यु भएसँगै यसको पुष्टी भैसकेको छ । नेपालको उत्तरी छिमेकी चिनमा उत्पती भएर भारतमा समेत संक्रमितको मृत्यु भैसक्दा नेपालमा भने आधिकारिक रुपमा संक्रमितहरुको पुष्टी भैसकेको छैन । यसको मतलब खुल्ला सिमानाका बाबजुत नेपाल आजको मितिसम्म कोरोनाबाट सुरक्षित नै छ । तर भ्रमण बर्ष मनाउँदै गरेका हामी नेपालीहरुका लागी आम्दानी घट्ने र पर्यटन क्षेत्रले सोचेजस्तो व्यापार गर्न नसक्ने स्थीति कोरोनाको उपजका रुपमा हामीसामु आईपुगेको छ । तर व्यापारभन्दा बढि पहिले हामी बाँच्न जरुरी छ, किनकी पर्यटकहरु हामी जिउँदो रहँदा सम्म हाम्रो कलासंस्कृति र भुगोलको अवलोकन गर्न आउने हुन, हाम्रो अस्तीत्व बिना फगत कंक्रिट भुगोलसँग नेपाल भ्रमण बर्षको कुनै सम्बन्ध छैन । भन्न खोजिएको के भने, नेपाल भ्रमण बर्ष मनाउँदै गर्दा २० लाख पर्यटक भित्राउने हाम्रो योजनामा ठेस लागेको सत्य हो, तर हाम्रा छिमेकी मुलुकमै कोरोनाको उत्पति र अर्कोतर्फ संक्रमितको मृत्यु भैरहँदा हामीले व्यापार मात्रै सोच्यौ भने त्यो ईतिहाँसकै गम्भिर त्रुटि हुन सक्छ । बिश्वका राष्ट्रहरुले कोरोना प्रभावित मुलुकहरुसँगको हवाई तथा स्थल आवतजावत बैधानिक ढंगले बन्द गरिरहँदा नेपाल भने सामान्य थर्माेमिटर निधारमा टस्याएर कोरोनाबाट सुरिक्षत देखाउन लागिपर्ने आगामी दिनका लागि घातक हुनसक्छ ।

कोरोनाका कारण समाज आतंकित हुँदै गर्दा सबैभन्दा बढि प्रभाव पर्यटन व्यावसायमा परेको छ । मिसन २०२० लाई केन्द्रित गरेर खोलिएका सटरहरु बन्द हुँदैछन । मिसन स्थगीत हुनुसँग मिसनले निम्त्याएका दुर्घटनाको तुलना हुनै सक्दैन । नयाँ सटरधारी व्यावसायीलाई मात्र होइन, समस्या २५ औँ बर्षदेखी पर्यटनमा राज गर्दै आएका व्यावसायीको तनाबको पारो कोरोनासँगै आतंकित स्थीतिमा पुगेको सत्य हो । सबैजसो अन्तर्राष्ट्रिय मुलुकहरुले बाह्य मुलुकसँगको तत्कालको आवातजावत बन्द गरेको स्थीतिले पर्यटक र व्यापार शुन्यताको स्थीति प्रष्ट छ, पहिल्यै आएका एकाध पर्यटक बाहेक नयाँ थपिएका छैनन, सत्य यही हो ।
यस्तोमा व्यावसायीको तनाबको पारो कोरोना भन्दा बढि बैङ्कको व्याजसँग जोडिएको छ । दिनहुँजसो व्यावसायीको हुल पर्यटनमन्त्रीसँग हारगुहार गर्न पुगिरहँदा आजै मात्र पर्यटनमन्त्री सहितको दर्जनबढि व्यावसायिक संस्थाका अध्यक्ष तथा प्रतिनिधीको टोलीले रक्षामन्त्री तथा कोरोना समन्वय समितिका प्रमुख ईश्वर पोखरेल समक्ष हारगुहार गर्न पुगे । पर्यटनमन्त्री योगेश भट्टराई नै आफै अग्रशर भएर रक्षामन्त्री भेट्न पुगेपछि पोखरेलले पनि आफू पर्यटन क्षेत्रका समस्या बारे जानकार रहेको र एकमूष्ठ सुझाब पेश गर्न आग्रह गरे । भन्नलाई जे भनिएपनि सरकारसँग व्यावसायीको सरोकार भने बैङ्क व्याज मिनाहा र कर छुट नै हो । यसमा पर्यटनमन्त्रीको साथ पाएका व्यावसायीहरु सरकारको माथिल्लो निकायबाट के निर्णय आउला भनी पर्खेर बसेको स्थीति छ । हालसम्म पर्यटनमन्त्रीले मागबारे सकारात्मक रहेको बताईरहँदा आज पोखरेलसँगको भेट कार्यन्वयन तर्फको खुड्कीलाका रुपमा बुझ्न सकिन्छ । यदी त्यसो हुन सक्यो भने कम्तीमा पर्यटन व्यावसायप्रति गलत नजिर हट्नेछ, मिसन २०२० सँग जोडिएका सपनाहरु दुर्भाग्यमा परिणत हुनबाट जोगिनेछन, आशा गरौ त्यस्तै होस, परिणाम सकारात्मक होस । व्यावसायीले खोजेको राहत अरु केही नभएर कर छुट नै हो । रोजीरोटी गुमाएका कामदार र व्यावसायीको चिन्ता सरकारले सम्बोधन गर्ने एउटै बिकल्पको खोजी गरी यस क्षेत्रप्रति अपनत्व जोगाईराख्नु सँग सम्बन्धीत छ । पर्यटन व्यावसाय लगभग शुन्यताको स्थीतिमा पुगिरहँदा सरकारका तर्फबाट आलटाले स्थीति प्रदर्शन नहोस, पर्यटन व्यावसायी गम्भिर संकटमा परेको अवस्थासँग बिज्ञप्ती साटफेर र सुझाब संकलनसँग मात्रै यसको सम्बन्ध छैन । समस्या प्रतिकुल स्थीतिमा पुग्नुभन्दा अगाबै व्यावसायीको भरोसा र सरकारको सक्रियता सम्पूर्ण पर्यटनले अनुभुति गर्ने स्थीति श्रृजना हुन सकोस । यो या त्यो बहानामा व्यावसायीको मुद्धालाई अलमल्याउने कोशिस भयो भने त्यसबाट उत्पन्न हुने परिस्थीतिले गम्भीर मोड लिन सक्छ, बेलैमा सुझबुझ प्रदर्शन गरियोस । शुभकामना ।

–शिव अधिकारी अबिरल
 अध्यक्ष, गन्तव्य नेपाल गु्रप

   

                                                                                                  
 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईंको बिचार