Monday, January 18, 2021

लकडाउन समिक्षा : कोरोनासँगै मुर्छित पर्यटन व्यावसाय

प्रकाशित मिति: 2020/09/30

शिव अधिकारी ‘अबिरल’

काठमाण्डौ । अघिल्लो बर्ष डीसेम्बरमा चीनमा कोरोना संक्रमण फैलिएर उत्कर्षमा पुग्दै गर्दा नेपाल लगायत बिश्वभरीका मुलुकसँग कोरोनाको कुनै सम्बन्ध थिएन । सधै पूर्वतयारीमा कमी भयो भन्ने यसअघिको आवाज या अन्य राजनीतिक दाउपेच, औपचारिक रुपमा एक जना पनि कोरोनाको बिरामी मुलुकभित्र नहुँदै चैत्र ११ गतेबाट आकस्मीक रुपमा लकडाउन सुरु गरियो । जतिबेला भारतमा छिटपुट रुपमा कोरोना भेटियो भन्ने समाचार सुनिएपनि आम नागरिकलाई त्यसले छुन सकेको थिएन । लकडाउनको सुरुमा चीनमा कोरानाले गर्दा मानिसको मृत्यु बढ्यो भनेर सुनेकै भरमा मानिसहरु कोरोनाबाट त्रस्त थिए । सुरुमा हप्ता दिन, त्यसपछि अर्को हप्ता, महिना दिन गर्दै ६ महिना बन्दाबन्दीमै सिमित रहनुपरेपछि आम नागरिकको पारो पनि तात्न थाल्यो । रोगले भन्दा भोकले मर्नुपर्ने स्थीतिपछि बाध्य भएर आंशिक बन्दा बन्दी जारी राख्दै सरकारले लकडाउन खुकुलो बनाएको बताएपनि यो नगर र उ नगर भन्दै गरिखाने नागरिकमाथिको अत्याचार आजसम्म पनि जारी छ ।

सुरुमा हरेक नयाँ कुरा आममानिसलाई रुचीकर लाग्नु स्वभाविक नै हो, त्यस्तै भयो लकडाउन । पहिलो हप्ता पार गरेर दोस्रो हप्ताको अन्त्यतिर मात्रै नेपालमा कोरोना पुष्टी हुँदा सामाजिक रुपमा कोरोना डरको आक्रमण (प्यानिक अट्याक) सुरु भयो । सरकारले पनि कोरोना अत्यन्तै डरलाग्दो प्राणघातक रोग हो भनीदिदा सामाजिक जिबनका सम्बन्धहरुमा तपाई हामीले पनि नमिठो अनुभुति गरेकै हुनुपर्छ । खासगरी बन्दाबन्दीकै बिचमा घर फर्किनेहरुले यस किसिमको पिडा भोग्न बाध्य पारियो । खयर, आजको दिनसम्म आईपुग्दा कोरोनाको भजन मात्र गाएर खासगरी गरि खाने नागरिक बस्न तयार छैनन, जबकी सरकार आफ्नो अयोग्यताको प्रमाण लुकाउन कोरोनामा राजनीति मिसाउन तल्लीन छ । यसमा बिश्व शक्ति राष्ट्रका सामरिक महत्वकांक्षामा नागरिकलाई पिल्छन बाद्य पारियो । गरिखाने बर्गको एउटा पुस्तालाई उठ्नै नसक्ने गरी उसका सपनाहरु सेलाउन कोरोनालाई प्रयोग गरियो । बिजुलीको उचित प्रयोग गर्दा संसार उज्यालो दिन्छ, तर प्रयोग गर्न नजान्दा ज्यानै लिन्छ । ठिक यहि ढंगले अझैपनि आशिंक बन्दाबन्दीको नाममा गरिखाने बर्गमाथिको भावनात्मक अत्यचार जारी छ ।
 के सरकारले लकडाउनको औचित्य पुष्टी गर्न सक्छ ?
हतारोकै बिचमा सुरुमा १ हप्ताको लागि लकडाउन भनिएपनि त्यसपछि थप्दै ३ महिना पुर्याईयो । भावनात्मक रुपमा यति धेरै अत्याचार गरियो की कोरोना लाग्यो भने मरिहाल्छ भन्ने ढंगले मानबिय संबेदना माथि नै प्रहार गरियो । बिश्वका धेरै देशमा लकडाउनपछि अहिले जनजिबन चलायमान छ । उनीहरुले लकडाउन भन्दै गर्दा व्यक्तिगत र व्यावसायिक सुरक्षामा ध्यान दिए । तर यहाँ भने सरकारले नागरिकमाथि लात बजार्ने बाहेक अन्य उल्लेख्य केही पनि भएन । जतिखेर एकजना पनि कोरोना संक्रमित थिएनन उतिबेला लकडाउन गर्ने सरकारले अहिले दैनिक हजार पन्ध्रसय व्यक्ति संक्रमित हुँदा खुल्ला गर्नुपरेको छ । यो सबै सत्य सुचना प्रवाह नहुँदाको परिणाम हो । यसअघि स्पेनिस फ्लु, हैजा, ईबोला महामारी संसारमा फैलिरहँदा त्यसको मृत्युदर स्पेनिस फ्लुलाई छोडेर ५० प्रतिशत माथि नै थियो । त्यतिखेर निषेधाज्ञाको जरुरत परेन, जबकी अहिले बिश्वभरीकै ३ प्रतिशतभन्दा कम र नेपालका सन्दर्भमा पुग नपुग १ प्रतिशतको मृत्यु हुने गरीको कमजोर भाईरसको लागि यत्तिका समय बिताउनु राष्ट्र र जनता दुबैका लागि खतरनाक थियो भनेर सरकारले बुझ्नु जरुरी छ । किनकी सरकारलाई कोरोनाका सन्दर्भमा आम व्यक्तिले सरह धारणा बनाउने छुट छैन, जुनसुकै परिस्थीतिमा पनि जोखिमको उचित मुल्यांकन गरेर परिस्थीतिलाई सामान्यीकरण गर्न तर्फ लाग्नु आजको आवश्यक्ता हो । कोरोना रोग नै होईन भन्न खोजिएको होईन, यसले मान्छेको मृत्यु भएको पनि साँचो हो, तर सिंगो राष्ट्र बन्धक बन्ने परिस्थीतिमा यसको जोखिम मुल्याकंन गर्न सरकार चुकेकै हो । यही बिचमा धेरै नागरिकका सपनाहरु कहिल्यै नउठ्ने गरी समाप्त भएको तर्फ पनि सोच्ने की ? 
२. कोरोना र पर्यटन व्यावसाय
कोरोनाका कारण सबैभन्दा बढि असर पुगेको क्षेत्र भनेकै पर्यटन व्यावसाय हो ।
नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित रहेको तथ्यांक छ ।
नेपाल टुरिज्म स्ट्याटिस्टिक्सका अनुसार नेपालमा पर्यटकको औसत बसाइँ १२.४ दिन र दैनिक औसत ४४ डलर खर्च गर्ने देखाएको छ । सन् २०१८ मा नेपालमा करिब १२ लाख पर्यटक आएकोमा बर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारी योजना त सकियो नै व्यावसाय नै कोमामा जाने स्थीति पनि बन्यो । यसरी हेर्दा हालसम्मकै स्थीतिमा पनि पर्यटकको आवगमनबाट हुने आम्दानी मात्रै ७५ अर्बभन्दा बढि घाटा पर्यटन क्षेत्रले बेहोरेको छ ।
अहिले बन्दाबन्दी खुकुलो पारिएको भनेर भनिएको छ, यद्यपी अझैपनि लकडाउन हुने हो की भन्ने त्रास व्यावसायीमा कायमै छ । यसरी हेर्दा कम्तीमा सरकारले आफ्नो स्पष्ट आगामी कार्ययोजना मार्फत व्यावसायीहरुलाई आश्वस्त पार्नुपर्दछ । यहाँ खासगरी तीन वर्गका व्यासायीलाई तीन थरीको समस्या परिरहेको छ । पहिलो वर्गमा पुराना र स्थापित होटल छन् जसलाई कर्मचारीको तलबभत्ता बेहोर्न मुस्किल परिरहेको छ । 
दोस्रो वर्गमा नयाँ लगानीमा बनेको वा बन्दै गरेका अन्तर्राष्ट्रिय चेनका होटल छन् जसलाई ब्याङ्कबाट लिएको कर्जा र ब्याजले सताएको छ । तेस्रो वर्गमा पर्यटकस्तरका साना होटल पर्छन् र यो वर्गले ९५ प्रतिशत होटल ओगट्छ । यिनीहरूचाहिँ धेरै भाडामा सञ्चालित हुनाले भाडा तिर्ने समस्यामा छन । व्यावसायिक कर्जाको म्याद केही पर धकेल्न सरकार राजी भएपनि आगामी रणनीतिका सन्दर्भमा अल्पकालिन सोच नै हाबी देखिन्छ । अहिलेको स्थीति केही समयका लागि हो, पर्यटन पुर्नउथ्थानका कार्यक्रमहरुमार्फत तल्लो बर्गका व्यावसायीको व्यावसाय मर्न दिईने छैन भनेर सरकारले भन्नुपर्नेमा भविश्यका गुणात्मक फड्कोका दिनहरुको आश्वसनले मात्र व्यावसायीको चिन्ता सकिनेवाला छैन । व्यावसाय भाडामा आधा छुटको प्रावधानलाई पनि कार्यन्वयन गर्न व्यावसायिक संस्थाका नेतृत्व लागि परुन । बिदेशी पर्यटक सहज रुपमा आवतजावत गर्न दिने व्यवस्था नगरेसम्म काठमाण्डौका सडकमा गुड्ने गाडीका लस्करले मात्रै पर्यटन क्षेत्र उँभो  लाग्दैन । यसर्थ कोरोनासँगै पूर्ववत जिवनशैलीलाई फर्काउने बाटोमा नगएसम्म मुलुकभित्रका कुनै पनि पर्यटन व्यावसायीको हित हुने संभावना छैन । यसमा सरोकारवालाको ध्यान जान सकोस ।

 

 

 
 

तपाईंको बिचार